कुमारी बैंकको ३ लाख ६६ हजार कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन आज
Powered by Blogger.
कुमारी बैंकको ३ लाख ६६ हजार कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन आज

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं : कुमारी बैंकको ३ लाख ६६ हजार ५६२.६६ कित्ता सेयर लिलामी भर्ने आज (आइतबार) अन्तिम दिन हो । कुमारीले जेठ १४ देखि २ लाख ८० हजार ४७० कित्ता सर्वसाधारण समूहको र ८६ हजार ९२.६६ कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार विन्दु मानेर त्यसभन्दा बढी भाउ तोकी आवेदन दिनुपर्नेछ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गरेको हो । बैंकले यसअघि हकप्रद खुला गर्दा बिक्री नभएको सेयर लिलामीमा बेचेको हो । आज बैकिङ समयभित्र मात्र यो लिलामीमा आवेदन दिन पाइनेछ ।

हाल कुमारीको चुक्ता पुँजी ३ अर्ब ३६ करोड ५९ लाख ९२ हजार रुपैयाँ छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३७ करोड ५८ लाख ९७ हजार खुद नाफा कमाएको छ । बैंकले गत वर्ष भन्दा नाफा २ करोड ९ लाख १३ हजार रुपैयाँ बढाएको छ । कुमारी बैंकले चुक्ता पुँजी बढाउन काष्ठमण्डप डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने प्रक्रियामा पनि छ । बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६४ पैसा र प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ १ पैसा छ । बोलपत्र जेठ २२ गते दिउसो ३ बजे सिद्धार्थ क्यापिटलको कार्यालय नारायणचौर नक्सालमा खोलिनेछ । 

प्रकाशित मिति : Sunday, June 4, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...