कुमारी बैंकको एकीकृत कारोबार आजदेखि
Powered by Blogger.
कुमारी बैंकको एकीकृत कारोबार आजदेखि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । कुमारी बैंक, काष्ठमण्डप डेभलपमेन्ट बैंक, पश्चिमाञ्चल फाइनान्स तथा महाकाली र काँक्रेविहार विकास बैंकको एकीकृत कारोबार आज (शुक्रबार) देखि सुरु भएको छ । यसअघि असार १२ गते नै एकीकृत कारोबार सुरु गर्ने भनेपनि विशेष कारणवस आजको मितिमा सार्नुपरेको बैंकले जनाएको थियो । कुमारीले यी सबैलाई एक्वायर गरेर ‘कुमारी बैंक लिमिटेड’ नामबाट एकीकृत कारोबार थालेकोे हो । एक्विजिसनका लागि बैंकले जेठ १७ गते राष्ट्र बैंक र असार १ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति पाएको थियो । अब एक्वायर गरिएका विकास बैंक तथा फाइनान्सको सम्पूर्ण सम्पत्ति सकार्ने तथा दायित्व व्यहोर्ने काम कुमारीले गर्नेछ ।

चालु अर्थिक वर्षको तेस्रो त्रैमासको रिपोर्ट अनुसार कुमारीको चुक्ता पुँजी ३ अर्ब २६ करोड ५९ लाख ९२ हजार रुपैयाँ छ । चुक्ता पुँजी वृद्धि गर्न बैंकले ५०% हकप्रद बिक्री गरिसकेको छ भने २०% बोनस सेयर पनि दिइसकेको छ । बैंकले कष्ठमण्डप, पश्चिमञ्चल, महाकाली र काँक्रेविहारको एक्विजिसनपछि फेरि १ अर्ब १९ करोड ३८ लाख ९९ हजार १३५ रुपैयाँको हकप्रद निष्कासन गर्ने प्रस्तावलाई साधारण सभाले अनुमोदन गरिसकेको छ । तेस्रो त्रैमासमा बैंकले ३७ करोड ५८ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६४ पैसा र प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ १ पैसा छ ।


Published Date : Friday, June 30, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...