लक्ष्मी बैंकको १८.२९% बोनसमा मूल्य समायोजन

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज लिमिटेडले लक्ष्मी बैंकको १८.२९% बोनसमा मूल्य समायोजन गरेर प्रतिकित्ता ४१४ रुपैयाँमा कारोबार खुला गरेको छ । लक्ष्मीकोे औसत आधार मूल्य भने ४३५ रुपैयाँ छ । लक्ष्मीले असार १३ गते बोलाएको वार्षिक साधारण सभामा १८.२९% बोनस सेयर दिने प्रस्ताव गरेको छ । यसका लागि बैंकले आइतबार बुक क्लोज गरेको हो । लक्ष्मी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५६ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो त्रैमासमा चुक्ता पुँजी ३ अर्ब १५ करोड ९० लाख ३० हजार रुपैयाँ छ । लक्ष्मीको प्रतिसेयर आम्दानी २४ रुपैयाँ २ पैसा छ भने प्रतिसेयर नेटवर्थ २३७ रुपैयाँ ६ पैसा छ ।
प्रकाशित : Sunday, June 18, 2017

recent

Popular Posts