×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

उम्मेदवारी दर्ता गर्न हिँडेका माओवादी उम्मेदवारको हत्या, प्रहरी भन्छ – कुरो अर्कै छ

काठमाडौं । संखुवासभामा उम्मेदवारी दर्ता दर्ता गर्न हिँडेका एक माओवादीका उम्मेदवारको हत्या भएको छ । जिल्ला उँपालिकाको दुई नम्बर वडामा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्षका उम्मेदवार छिमी भोटेको हत्या भएको हो सो पार्टीले जनाएको छ । 
उनको उम्मेदवारी मनोनय दर्ता गर्न जाने क्रममा बाटैमा हत्या भएको माओवादी नेता गोपाल किराँतीले बताए । नेता किराँतीले आफ्ना उम्मेदवारको हत्या भएको हुँदा पुनः उम्मेदवारी दर्ता गर्न पाउनुपर्ने बताउदै हत्यारालाई कडा कारबाहीको माग समेत गरेका छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्र संखुवासभाले पनि आफ्ना उम्मेदवारको हत्या भएको भन्दै दोषी पत्ता लगाइ कारबाहीको माग गरेको छ । माओवादी नेताहरुले आफ्ना उम्मेदखवारको हत्या भैरहेको बताइरहँदा यता प्रशासनले भने उनको राजनीतिक कारणले नभइ पारिवारिक कारणले हत्या भएको जनाएको छ ।
संखुवासभाका सहायक प्रमुख अधिकारी मोहनमणि घिमिरेले आपसमा झगडा परेपछि ढुंगा हानाहान हुँदा उनको ज्यान गएको बताए । घटना बेलुका पाँच बजेतिर भएको प्रस्ट पार्दै उनले मनोनयन दर्ता गर्ने समय ४ बजे नै सकिइसकेको थियो भनेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: