असार ५ देखि मिर्मिरेको ५०% हकप्रद खुला, यी हुन आवेदन बुझाउने ठाउँ
Powered by Blogger.
असार ५ देखि मिर्मिरेको ५०% हकप्रद खुला, यी हुन आवेदन बुझाउने ठाउँ

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं - मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले असार ५ गते देखि ५०% हकप्रद सेयर निष्कासन गर्ने भएको छ । मिर्मिरेले १०० रुपैयाँ अंकित मूल्यको १ करोड ५० लाख रुपैयाँ बराबरको १ लाख ५० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गर्न लागेको हो । यसआधारमा कम्पनीले १ः०.५ अनुपातमा (एक कित्ता बराबर थप ०.५ कित्ता ) सेयर बिक्री गर्न लागेको हो । यो हकप्रद साउन ८ गतेसम्म भर्न पाइनेछ । हकप्रद निष्कासनपछि मिर्मिरेको चुक्त पुँजी ४ करोड ५० लाख रुपैयाँ पुग्नेछ । कम्पनीको हकप्रद सेयरमा जेठ १६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सक्नेछन् । हाल मिर्मिरेको चुक्ता पुँजी ३ करोड रुपैयाँ छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले १ करोड २१ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी ५४ रुपैयाँ १८ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ ८१ पैसा छ । 

प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौं, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक बनेपा, भरतपुर शाखा चितवन, फेनहरा शाखा नवलपरासी, हेटौडा शाखा मकवानपुर, चरिकोट शाखा दोलखा, पशुपतिडाँडा शाखा धादिङ र कालिकास्थान शाखा रसुवाबाट हकप्रद सेयरमा आवेदन दिन सकिनेछ । त्यसैगरी, प्रभु बैंक लिमिटेडका शाखा कार्यालयहरु रंगेली रोड विराटनगर, आदर्शनगर वीरगन्ज, मिलनचोक बुटवल, गोदावरी रोड धनगढी र सुर्खेत रोड नेपालगन्ज शाखाबाट पनि आवेदन फारम भर्न र बुझाउन सकिनेछ । मिर्मिरेको यो हकप्रदमा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

प्रकाशित मिति : Friday, June 2, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...