मिर्मिरे माइक्रोफाइनान्सको ५०% हकप्रद खुल्यो, आवेदन भर्ना कहाँ जाने ?
Powered by Blogger.
मिर्मिरे माइक्रोफाइनान्सको ५०% हकप्रद खुल्यो, आवेदन भर्ना कहाँ जाने ?


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको आज देखि ५०% हकप्रद सेयर बिक्री खुला भएको छ । मिर्मिरेले १ः०.५ को अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको १ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । यो हकप्रद साउन ८ गते सम्म भर्न पाइनेछ । 

प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौं, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक बनेपा, भरतपुर चितवन, फेनहरा नवलपरासी, हेटौडा मकवानपुर, चरिकोट दोलखा पशुपति डाँडा,  धादिङ र कालिकास्थान शाखा रसुवाबाट हकप्रद सेयरमा आवेदन दिन सकिनेछ । त्यसैगरी प्रभु बैंक लिमिटेडका शाखा कार्यालयहरु रंगेली रोड विराटनगर, आदर्शनगर बिरगञ्ज, मिलनचोक बुटवल, गोदावरी रोड धनगढी र सुर्खेत रोड नेपालगञ्ज शाखाबाट पनि आवेदन फारम भर्न र बुझाउन सकिनेछ । मिर्मिरेको यो हकप्रदमा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।


Published Date : Monday, June 19, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...