एनबि इन्सुरेन्सले असार ५ देखि साउन ९ गतेसम्म सेयर बिक्री गर्ने
Powered by Blogger.
एनबि इन्सुरेन्सले असार ५ देखि साउन ९ गतेसम्म सेयर बिक्री गर्ने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - एनबि इन्सुरेन्सले असार ५ देखि साउन ९ गतेसम्म १००% हकप्रद सेयर बिक्री गर्ने भएको छ । यो हकप्रदमा जेठ ३ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । एनबिले १ः१ अनुपातमा १०० रुपैयाँ दरको २७ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।  कम्पनीले हकप्रदको दरखास्त फारम आफ्नो तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेवसाइटबाट डाउनलोड गरेर पनि बुझाउन सकिने व्यवस्था गरेको छ । 

हकप्रदका लागि लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय नाचघर जमल र एनबि इन्सुरेन्सको उपत्यका भित्र केन्द्रीय कार्यालय नारायणचौर, नक्सालका साथै गोंगबु, कलंकी, कोटेश्वर र सल्लाघारीबाट आवेदन दिन पाउनेछन् । यसैगरी, इन्सुरेन्सको उपत्यका बाहिरका विराटनगर, बुटवल, वीरगन्ज, पोखरा, बनेपा, नारायणगढ, नेपालगन्ज, जनकपुर, दोलाखा, बर्दिवास, सोलुखुम्बु, ओखलढुंगा, भैरहवा, दाङ, हेटौंडा र धनगढी शाखाबाट पनि सेयर भर्न पाइने व्यवस्था छ । 

हाल एनबिको चुक्ता पुँजी २७ करोड रुपैयाँ छ । हकप्रद बिक्री पछि कम्पनीको चुक्ता पुँजी ५४ करोड रुपैयाँ पुग्नेछ । यसले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड २० लाख ७४ हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीको बिमा कोषमा ८ करोड २९ लाख ५३ हजार रुपैयाँ छ । एनबिको प्रतिसेयर आम्दानी (वार्षिक) ३० रुपैयाँ ६५ पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ १० पैसा छ । यसमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । 


Published Date : Thursday, June 1, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...