एनबि इन्सुरेन्सको १००% हकप्रद बिक्री आजबाट खुला, यहाँबाट आबेदन दिन सकिन्छ
Powered by Blogger.
एनबि इन्सुरेन्सको १००% हकप्रद बिक्री आजबाट खुला, यहाँबाट आबेदन दिन सकिन्छ

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - एनबि इन्सुरेन्सले (सोमबार) देखि १००% हकप्रद सेयर बिक्री खुला गरेको छ ।बैंकले १ः१ अनुपातमा २७ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । बैंकले प्रति किता १०० रुपैयाँ दरले बिक्री खुला गरेको हो । हकप्रदका लागि साउन ९ गतेसम्म आवेदन दिन पाइनेछ । 

 यसमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । हकप्रदका लागि लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय नाचघर जमल र एनबि इन्सुरेन्सको उपत्यका भित्र केन्द्रीय कार्यालय नारायणचौर नक्सालका साथै गोंगबु, कलंकी, कोटेश्वर र सल्लाघारीबाट आवेदन दिन पाउनेछन् । यसैगरी, इन्सुरेन्सको उपत्यका बाहिरका विराटनगर, बुटवल, वीरगंज, पोखरा, बनेपा, नारायणगढ, नेपालगंज, जनकपुर, दोलाखा, बर्दिवास, सोलुखुम्बु, ओखलढुंगा, भैरहवा, दाङ, हेटौंडा र धनगढी शाखाबाट पनि आवेदन दिन पाइने व्यवस्था छ । कम्पनीले हकप्रदको दरखास्त फारम आफ्नो तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेवसाइटबाट डाउनलोड गरेर पनि बुझाउन सकिने व्यवस्था गरेको छ ।


Published Date : Monday, June 19, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...