नेपाल बंगलादेश बैंकको सेयर आजदेखि लिलामीमा, यी ठाउँबाट आबेदन दिने


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - नेपाल बंगलादेश बैंकको बुधबार देखि ९ लाख ८८ हजार १२०.८८ कित्ता सेयर लिलामीमा बिक्री खुला भएको छ । प्राप्त जानकारी अनुसार बैंकले संस्थापक समूहको १९ हजार ५११ कित्ता र सर्वसाधारण समूहको ९ लाख ६८ हजार ६०९.८० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । लगानीकर्ताले  न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । आवेदन दिने अन्तिम म्याद भने असार २१ गते सम्म तोकिएको छ ।

ग्लोबल आइएमई क्यापीटल लिमिटेड राष्ट्रिय नाचघर जमल काठमाडौं तथा नेपाल बंगलादेश बैंकको सेयर बिभाग कमलादी काठमाडौंमा आइपुग्नेगरी फारम बुझाउनु पर्नेछ । संस्थापक सेयरको हकमा भने बैंकको सेयर बिभाग कमलादी काठमाडौंमा मात्र आइपुग्नेगरी फारम बुझाउनु पर्नेछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । दुबै समूहको बोलपत्र असार २३ गते दिउसो ३ बजे नेपाल बंगलादेश बैंकको सेयर बिभाग कमलादी काठमाडौंमा खोलीनेछ ।  

प्रकाशित : Wednesday, June 28, 2017

recent

Popular Posts