नेपाल बंगलादेश बैंकको असार १४ देखि सेयर लिलामीमा आउदै


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - नेपाल बंगलादेश बैंकको असार १४ गतेदेखि ९ लाख ८८ हजार १२०.८८ कित्ता सेयर लिलामीमा आउने भएको छ । बैंकले संस्थापक समूहको १९ हजार ५११ कित्ता र सर्वसाधारण समूहको ९ लाख ६८ हजार ६०९.८० कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो । लगानीकर्ताले यो सेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । लिलामी सेयरमा आवेदन दिने अन्तिम म्याद भने असार २१ गतेसम्म तोकिएको छ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन प्रयासरत बंगलादेश बैंकले यसअघि बैशाख १० देखि जेठ १० गतेसम्म ३ करोड २० लाख ९४ हजार ६८.८० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि बैंकले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो ।

ग्लोबल आइएमई क्यापिटल लिमिटेड राष्ट्रिय नाचघर जमल काठमाडौं तथा बंगलादेश बैंकको सेयर बिभाग कमलादी काठमाडौंमा पुग्नेगरी फारम बुझाउनुपर्नेछ । संस्थापक सेयरको हकमा भने बैंकको सेयर बिभाग कमलादी काठमाडौंमा पुग्ने गरी मात्र फारम बुझाउनुपर्नेछ । दुबै समूहको बोलपत्र असार २३ गते दिउसो ३ बजे नेपाल बंगलादेश बैंकको सेयर बिभाग कमलादी काठमाडौंमा खोलिनेछ । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा बैंकको चुक्ता पुँजी ५ अर्ब ५१ करोड ४० लाख ७९ हजार रुपैयाँ छ । बंगलादेश बैंकले तेस्रो त्रैमास सम्ममा ८२ करोड ७६ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ (वार्षिक) र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ छ । 
प्रकाशित : Tuesday, June 20, 2017
Loading...

recent

Popular Posts