×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ठेकेदारले आफ्ना सेक्रेटरी गिरफ्तार गराएपछि नेकपाले दियो कडा चेतावनी (विज्ञप्तिसहित)

भीमदत्तनगर । नेपाल कम्युनिस्ट पार्टीका दार्चुला जिल्ला सेक्रेटरी रमेश नेपाली ‘जीवन’ लाई एकजना ठेकेदारले गिरफ्तार गराएका छन् ।
मजदूरलाई पारिश्रमिक नदिएको गुनासोबारे छलफल गर्न ठेकेदार इन्द्रबहादुर ऐरले जीवनलाई बैतडी बोलाएर गिरफ्तार गराएका हुन् ।
कामदार-कर्मचारीलाई दुःख दिने गरेको, समयमा पारिश्रमिक नदिने र विभिन्न बहाना बनाएर काममा अबरोध गर्ने तर त्यसको दोष कामदार-कर्मचारीहरुलाई दिने गरेको भन्दै पीडितहरुले निवेदन दिएपछि छलफल गर्न ठेकेदार ऐरसँग सम्पर्क गरेको नेकपा दार्चुलाले जनाएको छ । केही समय पहिलेदेखि नै छलफल गर्न चाहेको तर ठेकेदार ऐरले आनाकानी गरेका थिए ।
यही असार ५ गते ठेकेदार ऐरले बोलाएकै ठाउँ बैतडीको सतवाजमा छलफल गरिरहेको बेला प्रहरीले जीवनलाई गिरफ्तार गरेको थियो । ठेकेदार एेरले प्रहरी प्रशासनसँग मिलेर षड्यन्त्रपूर्ण तरिकाबाट जीवनको गिरफ्तारी गराएको नेकपाले दाबी गरेको छ । नेपाल कम्युनिस्टा पार्टी महाकाली ब्यूरो इन्चार्ज असिनाले मंगलबार विज्ञप्ति निकालेर जीवनको गिरफ्तारीप्रति आपत्ति जनाएकी छन् ।
“मजदूहरुले पाउनु पर्ने ज्यालाको विषयलाई लिएर निर्माण व्यवसायी इन्द्रबहादुर ऐरले बोलाएको समयमा बैतडीको सतवाजमा छलफल गर्ने क्रममा प्रहरी बोलाई षड्यन्त्रपूर्वक गिरफ्तार गराईएको छ । यस्तो घृणित र तृच्छ कार्यप्रति हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ । यसको उद्देश्य के हुन सक्छ ? सरासर स्थानीय प्रशासन र दलालहरुको दादागिरी हो” असिनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
ब्यूरो इन्चार्ज असिनाले सेक्रेटरी जीवनलाई विना सर्त रिहा नगरे पार्टीले कडा प्रतिरोध गर्ने र त्यसको जिम्मा ठेकेदार ऐर र प्रशासन हुने चेतावनी समेत दिएकी छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: