एनआइबीएल समृद्धि फन्ड–१ को प्रतिइकाई खुद मूल्य घट्यो


  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं - एनआइबीएल समृद्धि फन्ड–१ को प्रतिइकाई खुद मूल्य घटेर १५ रुपैयाँ ४६ पैसा कायम भएको छ । यस फन्डको प्रतिइकाई खुद मूल्य चैत महिनाको भन्दा ५२ पैसा थोरै हो ।  समृद्धि फन्डको खुद सम्पत्ति मूल्य चैतमा भन्दा ५ करोड १४ लाख ७६ हजार ४६२ रुपैयाँले घटेर १ अर्ब ५४ करोड ६१ लाख ७७ हजार ६७२ रुपैयाँ भएको छ । चैतमा यसको प्रतिइकाई खुद मुल्य १५ रुपैयाँ ९८ पैसा थियो ।

कम्पनीले वैशाख महिनासम्ममा सूचीकृत सेयरमा १ अर्ब १२ करोड ९० लाख ७७ हजार ७४५ रुपैयाँ लगानी गरेको छ । यो रकम चैतको भन्दा २ करोड ७१ लाख ४ हजार ९३१ रुपैयाँ थोरै हो । चैत महिनामा कम्पनीले सूचीकृत सेयरमा १ अर्ब १५ करोड ६१ लाख ८२ हजार ६७६ रुपैयाँ लगानी गरेको थियो भने अघिल्लो महिना यसको खुद सम्पत्ति १ अर्ब ५९ करोड ७६ लाख ५४ हजार १३४ रुपैयाँ थियो ।  यस्तै, कम्पनीले वैशाख सम्ममा १० करोड रुपैयाँ बैंक मुद्दति निक्षेपमा राखेको छ भने अन्य खातामा (बैंक मौज्दात) २३ करोड ८८ लाख ६८ हजार १७ रुपैयाँ छ । फन्डले आइपीओ, हकप्रदलगायत सेयरमा ६ करोड ५६ लाख ६० हजार ६५८ रुपैयाँ लगानी गरेको छ भने ३ करोड ३० लाख रुपैयाँ ऋणपत्रमा लगानी छ । 
प्रकाशित : Thursday, June 01, 2017

recent

Popular Posts