एनआइसी एसिया बैंकको २ लाख ९८ हजार ५३६ कित्ता सेयर लिलामी भर्न भोलिसम्म म्याद

Image result for nic asia
  • अर्थ सरोकार सम्बाददाता  

काठमाडौं - एनआइसी एसिया बैंकले लिलामीमा बिक्री खुला गरेको सर्वसाधारण समूहको २ लाख ९८ हजार ५३६ कित्ता सेयर बिहीबारसम्ममा भरिसक्नुपर्नेछ । बैंकले असार १ देखि ८ गतेसम्मको अवधि दिएर लिलामी सेयर बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलपत्र फारम भर्नुपर्नेछ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौंमा पुग्नेगरी बोलपत्र फारम पेस गर्नुपर्नेछ । यसअघि एनआइसी एसियाले चैत १६ देखि वैशाख १९ गतेसम्म ८७ लाख २९ हजार ४७५ कित्ता हकप्रद सेयर निष्कासन गर्दा नबिकेको सर्वसाधारण समूहको सेयर अहिले लिलामीमा ल्याएको हो ।

बोलपत्र असार ९ गते दिउसो १.३० बजे एनआएसी एसिया क्यापिटल बबरमहल काठमाडौमा खोलिनेछ । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ३५ करोड ७९ लाख ९१ हजार रुपैयाँ छ । लिलामी सेयर बिकेपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ६९ करोड २५ लाख ९७ हजार ४९८ रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले १ अर्ब १३ करोड ८४ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ६ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ५० पैसा छ । 
प्रकाशित : Wednesday, June 21, 2017

recent

Popular Posts