एनआइसी एसियाको सेयर आजदेखि लिलामीमा, असार ८ गतेसम्म किन्न पाइने
Powered by Blogger.
एनआइसी एसियाको सेयर आजदेखि लिलामीमा, असार ८ गतेसम्म किन्न पाइने


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - एनआइसी एसिया बैंकले सर्वसाधारण समूहको २ लाख ९८ हजार ५३६ कित्ता सेयर आज (बिहीबार) देखि लिलामीमा बिक्री सुरु गरेको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा त्यो भन्दा बढी भाउ तोकी बोलपत्र फारम भर्नुपर्नेछ । बोलपत्र फारम बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल, काठमाडौंमा पुग्नेगरी पेस गर्नुपर्नेछ । लिलामीमा असार ८ गतेसम्म सेयर किन्न पाइनेछ ।

 एनआइसी एसियाले गत चैत १६ देखि वैशाख १९ गतेसम्म १५% हकप्रद निष्कासन गर्दा नबिकेको सर्वसाधारण समूहको सेयर अहिले लिलामीमा बिक्री गरेको हो । लिलामीको बोलपत्र असार ९ गते दिउँसो १ः३० बजे एनआइसी एसिया क्यापिटल बबरमहलमा खोलिनेछ । एनआइसी एसिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब १३ करोड ८४ लाख एक हजार रुपैयाँ खुद नाफा कमाएको छ । तेस्रो त्रैमासमा बैंकको चुक्ता पुँजी ६ अर्ब ३५ करोड ७९ लाख ९१ हजार रुपैयाँ पुगेको छ  । एनआइसीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ६ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ५० पैसा छ ।


Published Date : Thursday, June 15, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...