नागवेली लघुवित्तको २१ हजार ८ सय कित्ता सेयर लिलामीमा बिक्री खुला
Powered by Blogger.
नागवेली लघुवित्तको २१ हजार ८ सय कित्ता सेयर लिलामीमा बिक्री खुला

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं - नागवेली लघुवित्त विकास बैंकको आज (शुक्रबार) देखि संस्थापक समूहको २१ हजार ८८९ कित्ता सेयर लिलामीमा बिक्री खुला भएको छ । लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । यो लिलामी सेयरमा आवेदन दिने अन्तिम म्याद जेठ २६ गतेसम्म तोकिएको छ । लिलामीमा एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं तथा नागवेलीको प्रधान कार्यालय बिर्तामोड ७, झापामा पुग्ने गरी आवेदन फारम बुझाउनु पर्नेछ । बोलपत्र जेठ २८ गते दिनको ४ बजे एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंमा खोलिनेछ । 

नागवेलीको यो लिलामी सेयरमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५ करोड ४ लाख ५२ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नागवेलीले २ करोड ८२ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ७४ रुपैयाँ ७५ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ २२४ रुपैयाँ ३६ पैसा छ । नागवेलीले मंसिर २० देखि माघ १० गतेसम्म १ लाख २५ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । यो समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि बैंकले बाँकी रहेको संस्थापक समूहको सेयर अहिले लिलामीमा ल्याएको हो ।


Published Date : Friday, June 2, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...