नागवेली लघुवित्तको २१ हजार ८८९ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - नागवेली लघुवित्त विकास बैंकको २१ हजार ८८९ कित्ता सेयर लिलामी भर्ने शुक्रबार अन्तिम दिन हो । कम्पनीले जेठ १९ गतेदेखि संस्थापक समूहको २१ हजार ८८९ सेयर लिलामीमा बिक्री खुला गरेको हो । लगानीकर्ताले यो सेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलपत्र भर्नुपर्नेछ । यो सेयर कम्पनीको संस्थापक सेयरधनीले मात्र भर्न पाउनेछन् । यसअघि नागवेलीले मंसिर २० देखि माघ १० गतेसम्म १ लाख २५ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । यो लिलामीमा एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं तथा नागवेलीको प्रधान कार्यालय बिर्तामोड ७ झापामा पुग्ने गरी आवेदन फारम बुझाउनु पर्नेछ । 

बोलपत्र जेठ २८ गते ४ बजे एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडांैमा खोलिनेछ । नागवेलीको यो लिलामी सेयरमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड हो । हाल कम्पनीको चुक्ता पुँजी ५ करोड ४ लाख ५२ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नागवेलीले २ करोड ८२ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ७४ रुपैयाँ ७५ पैसा (बार्षिक) र प्रतिसेयर नेटवर्थ २२४ रुपैयाँ ३६ पैसा छ । 
प्रकाशित : Friday, June 09, 2017

recent

Popular Posts