नेपाल बैंकको सर्वसाधारण समूहको सेयर असार १३ देखि लिलामीमा


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - नेपाल बैंकले सर्वसाधारण समूहको सेयर लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले असार १३ देखि १९ गतेसम्म सर्वसाधारण समूहको १ लाख ८९ हजार ६२५ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो । लगानीकर्ताले लिलामीमा सेयर किन्न न्यूनतम १०० रुपैयाँ वा यो भन्दा बढी भाउ तोकी बोलपत्र फारम भर्नुपर्नेछ । बैंकले गत वैशाख ७ देखि जेठ १० गतेसम्म हकप्रद बिक्री खुला गर्दा नबिकेको सेयर लिलामीमा बिक्री गर्न लागेको हो । लिलामीमा न्यूनतम १०० कित्तादेखि अधिकतम १० ले भाग जाने सबै कित्ताका लागि आवेदन दिन पाइनेछ । लगानीकर्ताले लिलामीमा सेयर किन्न बिक्री प्रबन्धक सिभिल क्यापिटल सिटिसि मल, सुन्धारामा पुग्नेगरी बोलपत्र फारम भर्नुपर्नेछ ।

बोलपत्र फारम असार २० गते बिहान ११ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिनेछ । लिलामीमा सेयर नपरेको पैसा सेयर बाँडफाँट भएको ३ दिनभित्र सिभिल क्यापिटलबाट चेक मार्फत फिर्ता दिने बैंकले जनाएको छ । नेपाल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब ५१ करोड ५८ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ७ अर्ब ४५ करोड ९५ लाख ५९ हजार रुपैयाँ छ । यो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ४४ रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ६ पैसा छ ।
प्रकाशित : Monday, June 19, 2017
Loading...

recent

Popular Posts