नेपाल बैंकको १ लाख ८९ हजार ६२५ कित्ता सेयर आजदेखि लिलामीमा बिक्री खुला
Powered by Blogger.
नेपाल बैंकको १ लाख ८९ हजार ६२५ कित्ता सेयर आजदेखि लिलामीमा बिक्री खुला


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । नेपाल बैंकले मंगलबार (आज) देखि सर्वसाधारण समूहको १ लाख ८९ हजार ६२५ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । लगानीकर्ताले यो लिलामीको सेयर किन्न न्यूनतम १०० रुपैयाँ भन्दा बढी भाउ तोकी बोलपत्र फारम भर्नुपर्नेछ । बैंकले गत वैशाख ७ गतेदेखि जेठ १० गतेसम्म १ करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयर बिक्री खुला गर्दा नबिकेको सर्वसाधारण समूहको सेयर आजदेखि लिलामीमा ल्याएको हो । लिलामी सेयरमा असार १९ गतेसम्म आवेदन दिन सकिनेछ । यो लिलामीमा न्यूनतम १०० कित्तादेखि अधिकतम १० ले भाग जाने सबै कित्ताका लागि आवेदन दिन पाइनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटल सिटिसि मल, सुन्धारामा पुग्नेगरी लिलामीको बोलपत्र फारम भर्नुपर्नेछ ।

बोलपत्र फारम असार २० गते बिहान ११ बजे सिभिल क्यापिटल सिटिसि मल सुन्धारा, काठमाडौंमा खोलिनेछ । बैंकले लिलामीमा सेयर नपरेको पैसा सेयर बाँडफाँट भएको ३ दिनभित्र सिभिल क्यापिटलबाटै चेकमार्फत फिर्ता दिने जनाएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको चुक्ता पुँजी ७ अर्ब ४५ करोड ९५ लाख ५९ हजार रुपैयाँ छ । लिलामीमा सेयर बिक्री भएपछि भने बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड २६ लाख ६२ हजार २०० रुपैयाँ पुग्नेछ । तेस्रो त्रैमासमा बैंकले २ अर्ब ५१ करोड ५८ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी ४४ रुपैयाँ ९७ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ६ पैसा छ ।

प्रकाशित मिति : Tuesday, June 27, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...