राष्ट्र बैंकले ३२ करोड ७४ लाख रुपैयाँ बैंकमा मुद्दति निक्षेपका रुपमा लगानी गर्ने
Powered by Blogger.
राष्ट्र बैंकले ३२ करोड ७४ लाख रुपैयाँ बैंकमा मुद्दति निक्षेपका रुपमा लगानी गर्ने

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं : नेपाल राष्ट्र बैंकले ३४ करोड ७४ लाख रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले २०७४ साउन १ गतेदेखि २०७५ असार ३२ गतेसम्मको एक वर्षे अवधिको मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो । राष्ट्र बैंकले ‘क’ वर्गको बैंकको लागि २७ करोड ८० लाख रुपैयाँ, ‘ख’ वर्ग विकास बैंकमा ५ करोड २१ लख रुपैयाँ र ‘ग’ वर्गका संस्थामा १ करोड ७३ लाख रुपैयाँ मुद्दतिमा राख्न छुट्याएको छ । यो निक्षेप स्वीकार्न बैंक तथा वित्तीय संस्थाले आफूले प्रस्ताव गरेको ब्याजदरसमेत खुलाई असार १८ गते दिउँसो ३ बजेसम्ममा राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागमा पुग्ने गरी शिलबन्दी दरभाउपत्र फारम भरेर बुझाउनुपर्नेछ । यो निक्षेप पाउनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको दुई वर्ष पुगेको, न्यूनतम पुँजीकोष कायम भएको, एनपीएल (खराब कर्जा) पाँच प्रतिशतभन्दा कम भएको, तरल सम्पत्ति २० प्रतिशत वा सो भन्दा बढी भएको लगायतका शर्त पूरा हुनुपर्ने वित्त व्यवस्थापन विभागले जनाएको छ ।  


Published Date : Friday, June 30, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...