सरकारले ७ अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने, अवधि ५ वर्ष

काठमाडौं - नेपाल राष्ट्र बैंकले सरकारका तर्फबाट पाँच वर्षे अवधिका ७ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । विकास ऋणपत्र २०७९ नाम दिइएको यो ऋणपत्रको ब्याजदर भने बोलकबोल माध्यमबाट निर्धारण हुनेछ । असार १३ गते अनलाइन बिडिङ गरी १४ गते निष्कासन गरिने यस ऋणपत्रको साँवा ब्याज भुक्तानी २०७९ असार १४ गते हुने नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागले जनाएको छ । 

यस विकास ऋणपत्रलाई बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनीसहित संगठित संस्थाले खरिद गर्न पाउनेछन् । यो ऋणपत्र धितोमा राखेर कर्जा लिन दिन सकिनेछ । यसको ब्याज भुक्तानी प्रत्येक ६–६ महिनामा हुनेछ । खरिदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धीरुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोल कबोललाई क्रमशः निष्कासित रकमको ८० प्रतिशत (५ अर्ब ६० करोड रुपैयाँ) र २० प्रतिशत (१ अर्ब ४० करोड रुपैयाँ) छुट्याइएको छ ।
प्रकाशित : Friday, June 23, 2017

recent

Popular Posts