नेरुडेको १ लाख ८ हजार ७३६ कित्ता सेयर आजदेखि लिलामीमा
Powered by Blogger.
नेरुडेको १ लाख ८ हजार ७३६ कित्ता सेयर आजदेखि लिलामीमा


काठमाडौं । नेरुडे लघुवित्त विकास बैंकले संस्थापक र सर्वसाधारण समूहको सेयर मंगलबारदेखि लिलामीमा बिक्री खुला गरेको छ । नेरुडेले संस्थापक समूहको ९३ हजार ९७७ कित्ता र सर्वसाधारण समूहको १४ हजार ७५९ कित्ता गरी कुल १ लाख ८ हजार ७३६ कित्ता सेयर लिलामीमा बिक्री गरेको हो । लघुवित्तले चैत २४ देखि वैशाख ७ गतेसम्म ५०% हकप्रद निष्कासन गर्दा नबिकेको सेयर लिलामीमा ल्याएको हो । लिलामीमा सेयर किन्न असार २० गतेसम्ममा बोलपत्र फारम पेस गरिसक्नुपर्नेछ । न्यूनतम १०० रुपैयाँ वा यो भन्दा बढी भाउ तोकि आवेदन दिनु पर्नेछ । संस्थापक समूहमा न्यूनतम १ हजार कित्तादेखि १० ले भाग जाने सबै कित्ता र सर्वसाधारण समूहमा न्यूनतम १०० कित्तादेखि १० ले भाग जाने सबै कित्ताका लागि आवेदन दिन पाइनेछ । नेप्सेमा नेरुडेको अन्तिम कारोबार मूल्य १२ सय ८५ रुपैयाँ छ ।

बोलपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौंमा पुग्नेगरी पेस गर्नुपर्नेछ । लिलामीको बोलपत्र असार २१ गते दिउँसो ३ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिनेछ भने यसको बाँडफाँट असार २५ गते हुनेछ । नेरुडेले लिलामीमा सेयर नपरेको पैसा असार २८ गतेदेखि आवेदन बुझाएको संकलन केन्द्रबाट फिर्ता भुत्तानी गरिने जनाएको छ । नेरुडेले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ करोड ८५ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ । तेस्रो त्रैमासमा यसको चुत्ता पुँजी २१ करोड ६० लाख रुपैयाँ छ । नेरुडेको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ५० पैसा र प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ ७३ पैसा छ ।


Published Date : Tuesday, June 27, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...