नेरुडेको असार १३ देखि १ लाख ८ हजार ७३६ कित्ता सेयर लिलामीमा
Powered by Blogger.
नेरुडेको असार १३ देखि १ लाख ८ हजार ७३६ कित्ता सेयर लिलामीमा

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - नेरुडे लघुवित्त विकास बैंकले कुल १ लाख ८ हजार ७३६ कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । नेरुडेले संस्थापकको ९३ हजार ९७७ कित्ता र सर्वसाधारण समूहको १४ हजार ७५९ कित्ता सेयर असार १३ गतेदेखि लिलामीमा बिक्री गर्न लागेको हो । लिलामीमा सेयर किन्न असार २० गतेसम्ममा बोलपत्र फारम पेस गरिसक्नुपर्नेछ । बोलपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी काठमाडौंमा पुग्नेगरी भर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा यो भन्दा बढी भाउ तोकी आवेदन दिन पाउनेछन् ।

संस्थापक समूहमा न्यूनतम १ हजार कित्तादेखि १० ले भाग जाने सबै कित्ता र सर्वसाधारण समूहमा न्यूनतम १०० कित्तादेखि १० ले भाग जाने सबै कित्ताका लागि आवेदन दिन पाइनेछ । बोलपत्र असार २१ गते दिउँसो ३ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिनेछ भने यसको बाँडफाँट असार २५ गते हुनेछ । नेरुडेले लिलामीमा सेयर नपरेको पैसा असार २८ गतेदेखि आवेदन बुझाएको संकलन केन्द्रबाट फिर्ता भुक्तानी दिनेछ । नेरुडेले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ करोड ८५ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ । तेस्रो त्रैमासमा यसको चुत्ता पुँजी २१ करोड ६० लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ५० पैसा र प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ ७३ पैसा छ ।

प्रकाशित मिति : Monday, June 12, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...