×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ओम र मनास्लु विकास बैकको संयुक्त कारोवार

काठामाडौं । ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंक मर्ज भई बनेको “ओम डेभलपमेन्ट बैंक लिमिटेड” को हालै संयुक्त कारोवार शुभारम्भ भएको छ ।
नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरंजीवि नेपालले बैकको संयुक्त कारोवार शुभारम्भको उद्घाटन गरेका हुन् ।
मर्जरपछि बैंकको चुक्ता पुंजी करिब १ अर्ब ६६ करोड, निक्षेप १५ अर्ब ४० करोड, कर्जा १३ अर्ब ८० करोड र शाखा संख्या ४१ पुगेको छ ।
त्यस्तै, कर्मचारी संख्या ३ सय २७, निक्षेप ग्राहक १ लाख ९८ हजार, कर्जा ग्राहक २५ हजार १ सय, एटिएम ग्राहक १५ हजार र मोवाईल बैंकिङ ग्राहक ३७ हजार ५ सय पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले बताए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: