रातभरको बर्षाले पोखराका दुई ठाँउमा जमिन भासियो
Powered by Blogger.
रातभरको बर्षाले पोखराका दुई ठाँउमा जमिन भासियो

 पोखरा । सोमवार राति परेको ठुलो बर्षाले पोखराको दुई छुट्टा छुट्टै ठाँउ बाटुलेचौर र नदीपुरमा जमिन भाँसिएको छ ।

बाटुलेचोरको १६ नम्वर वडा कार्यालय अगाडी जमिन भाँसिदा ट्रान्समिटर सहितको बिजुलीको पोल ढलेपछि त्यस क्षेत्रमा बिद्युत अवरुद्ध भएको छ । 

यस्तै नदीपुरमा नरबहादुर नेपालीको घर अगाडीको सडक पनि भाँसिएको छ । बर्षातको पानी निकास नहुँदा सडकमा भुवाङ परेको बताइएको छ ।

प्रकाशित मिति : Wednesday, June 28, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...