प्रभु इन्सुरेन्सको जेठ ३१ गतेदेखि सेयर लिलामीमा आउँदै


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - प्रभु इन्सुरेन्सले जेठ ३१ गतेदेखि ४८ हजार १२२.८१ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । प्रभुले संस्थापक समूहको ५ हजार ३३४.४९ कित्ता र सर्वसाधारण समूहको ४२ हजार ७८८.३२ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलपत्र पेस गर्नुपर्नेछ । यसमा आवेदन दिने अन्तिम म्याद असार ७ गतेसम्म तोकिएको छ । यसअघि प्रभुले चैत ३० देखि जेठ २ गतेसम्म १९ लाख २५ हजार ७८.८१ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यस बेला सबै हकप्रद नबिकेपछि बैंकले बाँकी रहेको संस्थापक र सर्वसाधारण समूहको सेयर लिलामीमा बेच्न लागेको हो ।

आवेदकले प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंमा पुग्नेगरी फारम बुझाउनुपर्नेछ । दुवै समूहको बोलपत्र असार ९ गते खोलिनेछ । जसमा संस्थापक समूहको बिहान ११ बजे र सर्वसाधारण समूहको १२ बजे खोलिनेछ । प्रभु इन्सुरेन्सको यस लिलामीमा प्रभु क्यापिटलले बिक्री प्रबन्धकको काम गर्दैछ । हाल कम्पनीको चुक्ता पुँजी ३८ करोड ५० लाख १६ हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा इन्सुरेन्सले १० करोड ६४ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २८ रुपैयाँ (वार्षिक) रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ २०० रुपैयाँ रहेको छ । 
प्रकाशित : Tuesday, June 06, 2017

recent

Popular Posts