फास्ट ट्रयाक निर्माणका लागि कार्यविधि पारित
Powered by Blogger.
फास्ट ट्रयाक निर्माणका लागि कार्यविधि पारित


काठमाडौ । सरकारको महत्वपूर्ण परियोजना काठमाडौ तराई दु्रत मार्ग छिटो बनाउने सम्बन्धी कार्यविधि पारित भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले काठमाडौँ–तराई–मधेस जोड्ने दूत मार्ग छिटो बनाउने सम्बन्धी कार्यविधि पारित गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो कार्यविधि पारित गरेको अर्थमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

सो मार्ग सरकार आफैले बनाउने अघिल्लो सरकारको निर्णय अनुसार नेपाली सेनालाई जिम्मा दिइएको थियो । बैठकले स्वास्थ्य मन्त्रालयका सचिवमा डा किरण रेग्मीलाई बढुवा समेत गरेको छ ।

यस्तै बैठकले एसियाली विकास बैङ्कले सहरी विकासका लागि दिने १५० मिलियन अमेरिकी डलरको सहुलियत ऋण ग्रहण गर्नका लागि वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ ।


Published Date : Thursday, June 22, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...