प्रिमियर इन्सुेन्सले घटायो एफपीओ मूल्य
Powered by Blogger.
प्रिमियर इन्सुेन्सले घटायो एफपीओ मूल्य

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - प्रिमियर इन्सुरेन्सले ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ बिक्री गर्ने भएको छ । कम्पनीको आइतबार बसेको  सञ्चालक समिति बैठकले फेस भ्यालु १०० रुपैयाँमा ७९५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ८९५ रुपैयाँ एफपीओ ल्याउने निर्णय गरेको हो । 

बिमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउन प्रिमियरले एफपीओ बिक्री गर्न लागेको हो । यसअघि प्रिमियरले १ हजार ४ रुपैयाँमा एफपीओ ल्याउने निर्णय गरेको भए पनि त्यसलाई परिमार्जन गरी ८९५ रुपैयाँमा झारिएको हो । हाल प्रिमियरको चुक्ता पुँजी ४४ करोड ८५ लाख ४ हजार रुपैयाँ छ । इन्सुरेन्सले तेस्रो त्रैमासमा १० करोड ३० लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको रिजर्भ कोसमा ८ करोड ५६ लाख ७० हजार रुपैयाँ छ भने बिमा कोषमा २९ करोड ५ लाख ७९ हजार रुपैयाँ छ । प्रिमियरको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ६४ पैसा र प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ ४९ पैसा छ । 


Published Date : Monday, June 5, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...