×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कतारमा बस्ने नेपालीलाई खुसीको यस्तो खबर

काठमाडौं – श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले कतारको कूटनीतिक समस्याले त्यहाँ कार्यरत नेपाली कामदारलाई तत्काल कुनै असर नगर्ने बताएका छन् ।

बिहीबार नयाँ पत्रिकासँगको कुराकानीमा उनले भने, ‘श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयबीच हरेक दिन कतारको पछिल्लो अवस्थाको अपडेट लिने र अब चाल्नुपर्ने कदमका विषयमा छलफल जारी छ । त्यहाँको अवस्था सामान्य छ, तत्काल कुनै निर्णय दिनुपर्ने अवस्था छैन ।’ नेपाल सरकारको सम्पूर्ण ध्यान अहिले कतारमै रहेकोसमेत उनले बताए ।

सबै निकाय तयारी अवस्थामा
मन्त्री मन्सुरका अनुसार अहिले कतारस्थित नेपाली दूतावास, त्यहाँ कार्यरत श्रमसहचारीलगायत निकायबाट हरेक अवस्थाको अपडेट लिने काम भइरहेको छ । मन्त्रालयमातहतका निकाय र नेपाल सरकारका अन्य सरोकारवाला निकायलाई कतारमा कामदारबारे आउन सक्ने सम्भावित समस्याबारे तयारी अवस्थामा रहन आग्रह गरेको उनले जानकारी दिए ।

जारी छ श्रम स्वीकृति
नेपालबाट कतारका लागि श्रम स्वीकृति लिने युवाको क्रम अहिले पनि जारी छ । वैदेशिक रोजगार विभागका निर्देशक मोहन अधिकारीका अनुसार पछिल्लो समय श्रम स्वीकृति लिने युवाको संख्या सामान्य घटे पनि यसको ठोस कारण भने अहिल्यै भन्न सकिने अवस्था छैन । ‘रमजानको वेला अघिल्ला वर्षमा पनि श्रम स्वीकृति घट्ने भएकाले कतारको कूटनीतिक संकटकै असर हो भन्न सकिन्न,’ उनी भन्छन् । श्रम स्वीकृति लिने कति युवा विदेश गए भन्ने तथ्यांक श्रम तथा रोजगार मन्त्रालयमातहतका कुनै निकायसँग छैनन्, जसले गर्दा कतार जाने कामदार घटे या बढे भन्ने यकिन भन्न सकिँदैन ।

कतारमा कामदारको माग घटेको छैन : व्यवसायी

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार अहिले पनि कतारमा कामदारको माग घटेको छैन । ‘कतारमा कामदारको माग सामान्य अवस्थाकै बराबरी छ,’ संघका अध्यक्ष विनोदप्रसाद ढकाल भन्छन्, ‘हामी त्यहाँस्थित रोजगारदाता कम्पनीसँग सम्पर्कमा छौँ ।’

परिस्थिति सामान्य हुने आँकलन छ
फरमुल्लाह मन्सुर
मन्त्री, श्रम तथा रोजगार
नेपाल सरकारको ध्यान अहिले कतारतर्फ केन्द्रित छ । सम्भावित सबै परिस्थितिको सामना गर्न सबै निकाय तयारी अवस्थामा छन् । तर, हाम्रो आँकलनअनुसार कतार समस्या छिटो र शान्तिपूर्ण रूपमा समाधान हुन्छ । तत्काल कतारबारे कुनै निर्णय लिनुपर्ने अवस्था आइसकेको छैन ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: