२००% हकप्रद ल्याउन आरएसडीसी पुग्यो धितोपत्र बोर्ड


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - आरएसडीसी लघुवित्त वित्तीय संस्थाले २००% हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । आरएसडीसीले १ः२ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको २३ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । 

हकप्रदमा एनआइबीएल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्दैछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आरएसडीसीले १ करोड ५६ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको चुक्ता पुँजी ११ करोड ५० लाख रुपैयाँ छ । यो लघुवित्तको प्रतिसेयर आम्दानी १८ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ८४ पैसा छ ।
प्रकाशित : Tuesday, June 06, 2017
Loading...

recent

Popular Posts