महुलीको आइपओ नपरेको पैसा आजदेखि फिर्ता हुँदै

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले आइपीओ नपरेको पैसा आजदेखि फिर्ता दिने भएको छ । महुलीले विभिन्न ७ वटा बैंकबाट पैसा पिर्ता गर्दैछ । जसमा ६ वटा वाणिज्य बैंक छन् भने एउटा डेभलपमेन्ट बैंक रहेको छ । यी ७ वटा संस्थाबाहेक सेयर भर्दा अन्य बैंक तथा वित्तीय संस्थाको खाता उल्लेख गरेका आवेदकले भने चेकमार्फत रकम फिर्ता पाउने छन् । तल उल्लेख गरिएका ७ वटा बैकमा खाता नहुनेले सेयर भरेकै संकलन केन्द्रबाटै आवेदन फारममा लेखिएको बैक खातामा जाने गरी एकाउन्टपेयी चेक पाउनेछन् । विभिन्न ७ वटा बैंक खाता हुने आवेदकलाई भने नेपाल क्लियरिङ हाउस लिमिटेडको इन्टरबैंक पेमेन्ट सिस्टम (एनसीएचएल–आइपीएस) मार्फत सोझै बैंक खातामा पैसा रुपान्तरण गर्ने व्यवस्या गरिएको हो । रकम भुक्तानी गर्दा कुनै प्रकारको शुल्क लाग्ने छैन । आवेदकको खाता रहेको संस्थाको नीति अनुरुप शुल्क लाग्ने भएमा मात्र सम्बन्धित बैंक खाताबाट शुल्क कटौती हुन सक्ने बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ । 

सेयर बाँडफाँट भएको मितिले ७ दिनभित्र पनि रकम आवेदकको खातामा पैसा जम्मा नभएमा सनराइज क्यापिटल लिमिटेडमा सम्पर्क गर्नुपर्नेछ । आवेदकले सेयर बाँडफाँट पत्र तथा रकम भुक्तानी पुर्जा संकलन गर्न जाँदा दरखास्त फारमको अर्धकट्टी पेस गर्नुपर्नेछ । आवेदक स्वयं उपस्थित हुन नसकी अन्य व्यक्तिमार्फत रकम फिर्ता भुक्तानी पुर्जा लिन चाहेमा आवेदकको मञ्जुरीनामा र दरखास्त बुझाउनुपर्नेछ । महुलीको आइपीओ गत शनिबार बाँडफाँट गरिएको हो । यो आइपीओमा गोला प्रथाबाट १० कित्ता सेयर दिइएको हो । कुल १० हजार ९२० जनाले सेयर पाएका छन् । महुलीको आइपीओमा कुल ८१ हजार ७४१ जनाले आवेदन दिएकामा ११ सय ५५ जनाको आवेदन रद्द भएको थियो । महुलीले वैशाख ७ देखि ११ गतेसम्म १ लाख २० हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो । जसमध्ये ६ हजार कित्ता म्युचुअल फन्ड र ४ हजार ८०० कित्ता सेयर कर्मचारलाई दिइएको थियो । 
प्रकाशित : Thursday, June 08, 2017
Loading...

recent

Popular Posts