×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

रुकुममा माओवादी केन्द्रले काँग्रेस-एमालेलाई ढुंगामुढा गरेर गाउँबाट लखेटेपछि बबाल

रुकुम । दोस्रो चरणको स्थानीय निर्वाचन नजिकिदै जाँदा रुकुममा सत्ता साझेदार दलबीच नै मतभेद देखिएको छ । पाँच नम्बर प्रदेश अन्तर्गत पूर्वी रुकुमका तीन गाउँपालिकामा चुनावी प्रचार प्रसार गर्न गाउँ पसेका कांग्रेस र एमालेलाई माओवादी केन्द्रका कार्यकर्ताले रोकेको एमाले कांग्रेसले आरोप लगाएका छन् । 
चुनाव प्रचारमा गएको बेला गाउँ गाउँमा क्याम्प बनाएर बसेका माओवादी केन्द्रका कार्यकर्ताले ढुंगामुढा गरेर लखेटेपछि स्थिती तनावग्रस्त बन्दै गएको रुकुमका नेपाली कांग्रेसका नेता कृष्ण रोकायले बताए । बिहीबार सिस्ने गाउँपालिकाको नायगाड बजारमा पुग्ने बित्तिकै आफूसहित पूर्व राज्यमन्त्री गोपाल साहलाई माओवादीका कार्यकर्ताले हातपात गरी लखेटेको उनले दाबी गरे । 
प्रचार गर्न नदिएपछि सिस्ने गाउँपालिकाको केन्द्र रुकुमकोटमा आएर बसेको पनि रोकायले जानकारी दिए । यस्तै नेकपा एमालेबाट सिस्ने गाउँपालिकाका उम्मेदवार नन्दलाल शर्माको चुनावी प्रचार टोलीलाई समेत माओवादी केन्द्रका कार्यकर्ताले प्रचारमा गाउँ पस्न रोक लगाएका छन् ।
प्रचारमा साविकको प्वाङ गाबिसमा पुगेको बेला माओवादीका कार्यकर्ताले लखेटेको एमालेबाट अध्यक्षका उम्मेदवार नन्दलाल शर्माले बताए । हप्ता दिन जति भयो अरु कुनै पार्टीका कार्यकर्ता तथा नेतालाई माओवादी केन्द्रका कार्यकर्ताहरुले गाउँ पस्न दिएका छैनन यो उनीहरुको पुरानै द्धन्द्धकालको शैली हो शर्माको आरोप छ । 
शर्माका अनुसार सिस्ने गाउँपालिकाको केन्द्र रुकुमकोटमा मनोनयन दर्ता गराउन आउने वडा स्तरका उम्मेदवारहरुलाई समेत माओवादीका कार्यकर्ताहरुले धम्की दिने, अपहरण गर्ने तथा बाटो अवरोध गरेर बसेको आरोप लगाए । 
रुकुमको पुथाउत्तरगगा र भुमेगाउँपालिकामा पनि माओवादीले अन्य पार्टीका नेता कार्यकर्तालाई प्रचार गर्न गाउँ पस्न नदिएको नेपाली कांग्रेस रुकुमका सभापति प्रेम प्रकाश ओलीले जानकारी दिए । 
नेकपा माओवादी केन्द्रका युवा नेता सुबोध सेर्पालीले भने आफूहरुले नभइ स्थानीय बासिन्दाहरुले कांग्रेस, एमालेका नेताहरुलाई कुट्न थालेकाले सुरक्षित तरिकाले पठाएको बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: