एसबीआई बैंकको ४०% हकप्रद भर्न ६ दिन मात्र बाँकी, यी ठाउँमा जानु फारम भर्न
Powered by Blogger.
एसबीआई बैंकको ४०% हकप्रद भर्न ६ दिन मात्र बाँकी, यी ठाउँमा जानु फारम भर्न

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - नेपाल एसबीआई बैंकको ४०% हकप्रद भर्ने म्याद अब ६ दिन मात्र बाँकी छ । यो हकप्रद असार ११ गतेसम्म भर्न पाइनेछ । एसबीआईले जेठ ७ गतेदेखि १०ः४ अनुपातमा सेयर बिक्री खुला गरेको हो । बैंकले १०० रुपैयाँ अंकित मूूल्यको १ करोड ९९ लाख १९ हजार ४२३.६० कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । हकप्रद निष्कासनपछि एसबीआईको चुक्ता पुँजी ६ अर्ब ९७ करोड १७ लाख ९८ हजार २५९ रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन एसबीआईले ४०% हकप्रदको बाटो रोजेको हो ।

एसबीआई बैंकको केन्द्रीय कार्यालय केशरमहल लैनचौर काठमाडौंसहित देशभरका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड हात्तिसार काठमाडौं र एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंबाट पनि सेयर भर्न पाइनेछ । तर एसबीआई मर्चेन्ट बैंकिङ र एनएमबि क्यापिटल लिमिटेडमा भने चेकमात्र बुझिलिने ब्यवस्था छ । यसमा बिक्री प्रत्रन्धकको काम एनएमबि क्यापिटलले गरेको हो । 


Published Date : Tuesday, June 20, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...