सानिमा माई हाइड्रोपावरले पायो १००% हकप्रद बिक्री गर्ने अनुमति
Powered by Blogger.
सानिमा माई हाइड्रोपावरले पायो १००% हकप्रद बिक्री गर्ने अनुमति

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । सानिमा माई हाइड्रोपावरले १००% हकप्रद सेयर बिक्री गर्ने अनुमति पाएको छ । पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ः१ अनुपातमा १०० रुपैयाँको दरले १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो । यो हकप्रदमा सनराइज क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गर्दैछ । अब छिट्टै हकप्रद निष्कासन प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा सानिमा माईको सेयर पुँजी १ अर्ब ५ करोड ५० लाख रुपैयाँ छ । कम्पनीले तेस्रो त्रैमासमा २६ करोड ५ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

यस हाइड्रोपावरको रिजर्भ कोषमा २६ करोड ९५ लाख ९६ हजार रुपैयाँ छ । त्यस्तै, कम्पनीले तेस्रो त्रैमासमा ६३ करोड ८२ लाख ८० हजार रुपैयाँ कुल आम्दानी गरेकोमा बिजुली बिक्रीबाट मात्रै ६३ करोड ३४ लाख ५४ हजार रुपैयाँ कमाउन सफल भएको छ । बिजुली बिक्रीको आम्दानी गत वर्ष भन्दा १४१.७७% ले धेरै हो । गत वर्ष कम्पनीले बिजुली बिक्रीबाट २६ करोड २० लाख ५ हजार रुपैयाँ मात्र आम्दानी गरेको थियो । सानिमाको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ५३ पैसा छ । 

प्रकाशित मिति : Friday, June 30, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...