सप्तकोशी डेभलपमेन्ट बैंकले १३०% हकप्रदको लागि १४ मा बुक क्लोज गर्दै
Powered by Blogger.
सप्तकोशी डेभलपमेन्ट बैंकले १३०% हकप्रदको लागि १४ मा बुक क्लोज गर्दै


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - सप्तकोशी डेभलपमेन्ट बैंकले १३०% हकप्रद जारी गर्न असार १४ मा बुक क्लोज गर्ने भएको छ । यसआधारमा असार १३ गते सम्म कायम सेयरधनीले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न पाउने हुँदा असार १३ गते भित्र नै सेयर किनिसक्नुपर्नेछ । हाल कायम सेयरधनीले भने स्वत: हकप्रद भर्न पाउनेछन् । 

बैंकले धितोपत्र बोर्डबाट १३०% हकप्रद सेयर बिक्री गर्ने अनुमति पनि पाइसकेको छ । बैंकले अब छिट्टै नै १ः१.३ को अनुपातामा १०० रुपैयाँको दरले २७ लाख ४३ हजार कित्ता हकप्रद सेयर जारी गर्ने जनाएको छ ।  यो हकप्रदमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गर्दैछ । यसअघि बैंकले गत पुस २४ गतेदेखि फागुन १ गते सम्म १० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । 

प्रकाशित मिति : Sunday, June 18, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...