सप्तकोशीको १३०% हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका
Powered by Blogger.
सप्तकोशीको १३०% हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको १३०% हकप्रद सुरक्षित गर्ने आज (मंगलबार) अन्तिम दिन हो । हकप्रद बिक्री गर्न बैंकले बुधबार बुक क्लोज गर्दैछ । बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न पाउने हुँदा मंगलबार भित्रनै बैंकको सेयर किनिसक्नुपर्नेछ । हाल कायम सेयरधनीले भने स्वत: हकप्रद भर्न पाउनेछन् । बैंकले धितोपत्र बोर्डबाट १३०% हकप्रद सेयर बिक्री गर्ने अनुमति पनि पाइसकेको छ । बैंकले अब छिट्टै नै १ः१.३ को अनुपातामा १०० रुपैयाँको दरले २७ लाख ४३ हजार कित्ता हकप्रद सेयर जारी गर्ने जनाएको छ । यो हकप्रदमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गर्दैछ । यसअघि पनि बैंकले गत पुस २४ गतेदेखि फागुन १ गतेसम्म १० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको चुक्ता पुँजी २१ करोड १० लाख रुपैयाँ रहेको छ । तेस्रो त्रैमासमा बैंकले १ करोड ६६ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८९ पैसा र प्रतिसेयर नेटवर्थ भने ११२ रुपैयाँ ९० पैसा छ । 


Published Date : Tuesday, June 27, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...