एभरेस्ट र एनएलजीमा बढी होल्ड, सिद्धार्थ इक्विटी स्किमको प्रतिइकाई खुद मूल्य घट्यो
Powered by Blogger.
एभरेस्ट र एनएलजीमा बढी होल्ड, सिद्धार्थ इक्विटी स्किमको प्रतिइकाई खुद मूल्य घट्यो

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमको प्रतिइकाई खुद मूल्य १५ रुपैयाँ ४१ पैसा कायम भएको छ । यस फन्डको चैतमा प्रतिइकाई खुद मूल्य १६ रुपैयाँ २५ पैसा थियो भने यो प्रतिइकाई खुद मूल्य चैतको भन्दा ८४ पैसा थोरै हो ।  चैतको तुलनामा खुद सम्पत्ति मूल्य पनि ६ करोड १० लाख ४० हजार ४३६ रुपैयाँले घटेर १ अर्ब ५४ करोड १४ लाख ९ हजार ८०८ रुपैयाँमा आइपुगेको छ । चैतमा खुद सम्पत्ति मूल्य १ अर्ब ६० करोड २४ लाख ५० हजार २४४ रुपैयाँ थियो । यता, चैत महिनको तुलनामा सूचीकृत सेयरमा भने १ करोड ८८ लाख ७२ हजार ८४७ रुपैयाँ लगानी बृद्धि गरेर ९४ करोड ५१ लाख ७३ हजार १७५ रुपैयाँ पुर्याउन सफल भएको छ । अघिल्लो महिना यस फन्डले सूचीकृत सेयरमा ९२ करोड ६३ लाख ३२८ रुपैयाँ मात्र लगानी गरेको थियो ।

बैंक मुद्दति निक्षेपमा ४६ करोड रुपैयाँ रहेको छ भने ऋणपत्र तथा बन्डमा पनि २६ करोड रुपैयाँ लगानी छ । त्यस्तैे, बैक मौज्दातमा ६ करोड ७७ लाख ८८ हजार ४५७ रुपैयाँ राखिएको छ । सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमले आइपीओ र हकप्रदमा गरी २ करोड ९२ लाख २६ हजार ३१५ रुपैयाँ लगानी गरेको छ । यस स्किमले कुल ९७ वटा कम्पनीमा ९४ करोड ७३ हजार १७५ रुपैयाँको सेयर होल्ड गरेको छ । जसमा सबैभन्दा बढी एभरेष्ट बैंकको ३३ हजार ४१० कित्ता सेयरमा ५ करोड ८४ लाख ३५ हजार २३० रुपैयाँको छ । त्यसैगरी, एनएलजी इन्सुरेन्स कम्पनीको २७ हजार ३३८ कित्ता सेयरमा ४ करोड ५१ लाख ७ हजार ७०० रुपैयाँ होल्ड छ ।

प्रकाशित मिति : Thursday, June 1, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...