सिद्धार्थ इन्सुरेन्सको १९.२३% हकप्रद भोलि अन्तिम दिन
Powered by Blogger.
सिद्धार्थ इन्सुरेन्सको १९.२३% हकप्रद भोलि अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - सिद्धार्थ इन्सुरेन्सको १९.२३% हकप्रद सेयर सुरक्षित गर्न बुधबारसम्म आवेदन दिइसक्नुपर्नेछ । सिद्धार्थले ५.२ः१ अनुपातमा ८ लाख ६२ हजार १२५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । यसमा लक्ष्मी क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लक्ष्मी क्यापिटल नयाँ वानेश्वर तथा लक्ष्मी बैंकको उपत्यका भित्र महाराजगन्ज र पुल्चोक शाखाबाट यसमा आवेदन दिन पाइनेछ । यसैगरी, लक्ष्मी बैंकको उपत्यका बाहिरका अधिकांश शाखा कार्यालयबाट पनि आवेदन दिन पाइने व्यवस्था छ । 

सिद्धार्थको हकप्रद वैशाख १६ गतेसम्म कायम सेयरधनीले मात्र भर्न पाउनेछन् । हाल सिद्धार्थ इन्सुरेन्सको चुक्ता पुँजी ४४ करोड ८३ लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ५३ करोड ४५ लाख १७ हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षकको तेस्रो त्रैमासमा सिद्धार्थले १४ करोड ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ १७ पैसा छ ।


Published Date : Tuesday, June 13, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...