स्वरोजगार लघुवित्तको ५०% हकप्रद बिक्री खुला, आबेदन दिन कहाँ जाने ?
Powered by Blogger.
स्वरोजगार लघुवित्तको ५०% हकप्रद बिक्री खुला, आबेदन दिन कहाँ जाने ?


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - स्वरोजगार लघुवित्त विकास बैंकले आज देखि ५०% हकप्रद सेयर बिक्री खुला गरेको छ । स्वरोजगारले २ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ४९ हजार ९९३.६० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । लघुवित्तको हकप्रदमा साउन ४ गतेसम्म आवेदन दिन पाइने छ । 

लगानीकर्ताले स्वरोजगारको काभ्रेको बनेपा र पनौती, मकवानपुरको हेटौंडा र मनहरीका साथै चितवनको गीतानगर, भरतपुर, टाँडी र पर्साबजार शाखाबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन् । यसैगरी, एनएमबि बैंकको उपत्यकाका तीनकुने, सूर्यविनायक, कुमारीपाटी र उपत्यका बाहिर बनेपा, बुटवल, धरान, विराटनगर, नेपालगंज, धनगढी, पोखरा, वीरगंज, जनकपुर, नारायणगढ र बिर्तामोडबाट पनि आवेदन दिन सकिने छ । हकप्रदको बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी, काठमाडौंबाट पनि आवेदन दिन पाइने छ । 

प्रकाशित मिति : Thursday, June 15, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...