टुरिजमको सेयर लिलामी भर्ने आज अन्तिम दिन
Powered by Blogger.
टुरिजमको सेयर लिलामी भर्ने आज अन्तिम दिन


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकको ७ लाख ४ हजार ७३८ कित्ता सेयरको लिलामी भर्ने बिहीबार अन्तिम दिन हो । लिलामी भर्नका लागि आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । टुरिजमले असार ७ गतेदेखि संस्थापक समूहको ४ लाख ३८ हजार २००.८० कित्ता र सर्वसाधारण समूहको २ लाख ६६ हजार ५३७.२० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । यसअघि बैंकले चैत १३ गतेदेखि वैशाख २६ गतेसम्म ९१ लाख ९७ हजार ७१२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद नबिकेपछि बैंकले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो ।

एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौं पुग्नेगरी आवेदन फारम बुझाउनुपर्नेछ । बोलपत्र शुक्रबार बिहान ११ बजे एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौंमा खोलिनेछ । हाल बैंकको चुक्ता पुँजी १ अर्ब ११ करोड २० लाख रुपैयाँ रहेको छ । हकप्रद र लिलामीमा सेयर बिक्रीपछि बैंकको चुक्ता पुँजी १ अर्ब ८३ करोड ९५ लाख ४२ हजार ४०० रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले २० करोड ९ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ १३ पैसा( बार्षिक) र प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ७९ पैसा छ । टुरिजम बैंक हाल मेगा बैंकसँग मिसिने प्रक्रियामा छ । 

प्रकाशित मिति : Thursday, June 29, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...