युनाइटेड फाइनान्सले २०% हकप्रद जारी गर्ने अनुमति पायो

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं - युनाइटेड फाइनान्सले धितोपत्रबाट २०% हकप्रद निष्कासन गर्ने अनुमति पाएको छ । अब युनाइटेडले १०० रुपैयाँ दरको १३ करोड ४५ लाख ४१ ह्जार ९५ रुपैयाँ बराबरको १३ लाख ४५ हजार ४१०.९५ कित्ता हकप्रद निष्कासन गर्नेछ । हाल युनाइटेडको चुक्ता पुँजी ६७ करोड २७ लाख ५ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ८ करोड ५० लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । युनाइटेडको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ८६ पैसा, प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ९१ पैसा छ । ५ः१ अनुपातमा आउने यो हकप्रदमा नबिल इन्भेष्टमेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्नेछ । 
प्रकाशित : Sunday, June 04, 2017

recent

Popular Posts