×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

युनिभर्सल पावरको अधिकांश सूचकमा चमक, खुद नाफा ९८.०२ प्रतिशतले वृद्धि (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । युनिभर्सल पावर कम्पनीले आर्थिक वर्ष २०७६/७७ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीक अधिकांश सूचक बढेको छ । गत वर्षको चौथौ त्रैमासमा कम्पनीले ५ करोड ७१ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ९८.०२ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष कम्पनीले २ करोड ८८ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।
यसैगरी, कम्पनीले हालसम्म बिजुली उत्पादन गर्न भने सकेकाे छैन । निर्माण कार्य सम्पन्न गर्न ढिला भएका कारण बिजुली उत्पादन हुन नसकेकाे हाे । त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ, जगेडा कोषमा १० करोड १४ लाख रूपैयाँ, प्रतिशेयर आम्दानी २ रुपैयाँ ७२ पैसा र प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ ८३ पैसा रहेकाे छ । 
 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: