×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भक्तपुरस्थित यति कार्पेटको कारखानामा भीषण आगलागी ! करोडौंको क्षति ! (भिडियोसहित)

भक्तपुर – भक्तपुरमा भीषण आगलागी भएको छ । भक्तपुर नगरपालिका–२ स्थित यति कार्पेट इन्डस्ट्रिजमा भीषण आगलागी भएको हो । शनिबार राति ११ः३० बजेबाट सुरु भएको आगलागी बिहान ७ बजेसम्म पनि नियन्त्रणमा नआएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।  उक्त उद्योग उद्योगपति अनिल केडियाद्वारा सञ्चालित उद्योग हो । 
अहिले आगलागी नियन्त्रणमा लिने क्रम जारी छ । आगलागी नियन्त्रणका लागि भक्तपुर वारुण यन्त्र, उपत्यकाका दमकल,हरु प्रयोग गरिएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले आगो नियन्त्रणको प्रयास जारी रहेका छन् । अन्य विवरण आउन बाँकी छ ।

भिडियो : रातोपाटी टिभी

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: