×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भरतपुरको तनाव नसकिँदै ललितपुरमा एमालेको अर्को लफडा, मेयरका उम्मेदवार पुगे उच्च अदालत !

भरतपुर महानगरको लफडा नसकिँदै नेकपा एमालेले ललितपुर महानगरपालिकामा अर्को विवाद बल्झाएको छ ।काँग्रेसबाट मेयरमा विजयी भएर चिरीबाबु महर्जनले काम सुरु गरिसकेको अवस्थामा ललितपुर महानगरमा एमाले मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले आफूलाई बदनियतपूर्वक हराइएको भन्दै अदालत पुगेका छन् । व्यञ्जनकारले उच्च अदालत पाटनमा फिरादपत्र दर्ता गराएका छन् । 
मत गणनााकै समयमा दिइएका पटक पटकका निवेदनहरुको सुनुवाई नभएको, गणनाकार्यमा संलग्न कर्मचारीले धाँधली गरी कम्प्युटर इन्ट्रीको समयमा मत हेरफेर गरेको विषयमा रुजुसम्म गर्न नदिएको र आफ्ना गणना प्रतिनिधिहरुलाई मुचुल्कामा हस्ताक्षर समेत नगराई एकतर्फी एकलौटी रुपमा मतगणना गरेको लगायतका विषय किटानी गरी बुधबार मुद्धा दायर गरेको व्यञ्जनकारले बताए ।
आफ्ना गणना प्रतिनिधिहरुलाई उद्धृत गर्दै व्यञ्जनकारले आफ्नो ४१५ मत बढी भएर विजयी हुनुपर्नेमा निर्वाचन आयोगले धाँधली गरेर ३२६ मत कम गराएर हराइएको समेत निवेदनमा उल्लेख गरेका छन् । महानगरको वडा नं १,२,४,९ र २६ को गणनामा विवाद भएको र आफनो सहमतिबना नै आयोगक कर्मचारीले पेलेर जाने नीति लिएर आफूलाई अन्यायमा पारेको व्यञ्जनकारको आरोप् लगाएका छन । व्यञ्जनकारको उक्त मुद्धाको शुक्रबार पेशी तोकिएको छ ।
यसअघि व्यन्जनकारले पुनः मतगणनाका लागि निर्वाचन आयोगमा उजुरी दिएपनि आयोगले अस्वीकार गर्दै मतगणना गर्नु पर्ने आवश्यकता नभएको बताएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: