×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भात खानकै लागि जिल्लामा खटिएका ५ निर्वाचन अधिकृत दैनिक पुग्छन् विमानस्थल, को–को हुन्

बारम्बार अनेकौं विवादमा परिरहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन शाखामा अचेल अनौठो दृश्य देखिन्छ । पाँच जना उपसचिव प्रत्येक दिन अध्यागमन शाखामा आउँछन, हाजिर गर्दैनन, सक्रिय भएर काम पनि गर्दैनन् तर नियमित कर्मचारीझैं उपस्थिति देखाइरहन्छन् ।गृह मन्त्रालयले काजमा अध्यागमन खटाएका यी पाँचै उपसचिवलाई निर्वाचन आयोगले दोस्रो चरण निर्वाचनका लागि विभिन्न जिल्लामा निर्वाचन अधिकृत बनाएको छ । तर कार्यस्थल नगई यी पाँचै जना नियमित विमानस्थलको अध्यागमन धाइरहेका छन्, त्यो पनि बिना कुनै जिम्मेवारी ।६ उपसचिवको दरबन्दी रहेको विमानस्थल अध्यागमनमा अहिले नै आवश्यकताभन्दा धेरै सात उपसचिव खटिएका छन् । 
यी पाँचसमेत गर्दा १२ जना उपसचिवको भीड छ । शाखाका कर्मचारी खासखुस गर्छन, कार्यस्थलमा नखटिई प्रत्येक दिन घुम्नकै लागि किन आउँछन् यति धेरै उपसचिव ? यसरी अध्यामन ‘घुमघाम’ गर्ने उपसचिव हुन, पुष्पराज शाही, चेतराज बराल, हिरालाल चौधरी, दीपकराज नेपाल र विश्वप्रसाद न्यौपाने ।आयोगले शाहीलाई अर्घाखाँची, बराललाई पाल्पा, चौधरीलाई रौतहट, न्यौपाने र नेपाललाई सिरहा खटाएको छ । 
उनीहरू भने कार्यस्थलमा एकाध दिन बसेर काठमाडौं फर्किए । र, नियमित कर्मचारी जस्तै गरी विमानस्थल अध्यागमन धाउँछन् ।विमानस्थल अध्यागमन प्रमुख होमनाथ थपलियाले उनीहरू आए पनि हाजिर र काम नगरेको बताए । ‘उहाँहरू खाना खान मात्रै आउनुभएको होला, काम भने गर्नुभएको छैन,’ उनले भने । निर्वाचन आयोगले पाँच उपसचिवलाई आधिकारिक रूपमा नफर्काएको उल्लेख गर्दै उनले भने, ‘औपचारिक रूपमा आएको थाहा भएन, अरू केही काम परेको भए पनि थाहा छैन ।
’आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले दोस्रो चरण निर्वाचनका सबै मतदान अधिकृत कार्यस्थलमा खटिएको बताए । ‘कसैलाई फिर्ता बोलाइएको छैन, कार्यस्थलमा नखटिएको थाहा पाए कारबाही गर्छौं,’ उनले भने । अध्यागमन आइरहेका पाँचै उपसचिवले अन्य मतदान अधिकृतले झैं दैनिक सात सय रुपैयाँ खाजा भत्ता र खाइपाई आएको तलबको एक सय २१ प्रतिशत भत्ता सुविधा पनि लिइरहेका छन् ।अध्यागमन विभागका महानिर्देशक गंगाराम गेलालले निर्वाचन अधिकृत बनाएर पठाइएकाहरू नियमित कर्मचारीझंै विमानस्थल अध्यागमन आइरहेकोबारे बुझ्नुपर्ने बताए । उनले यत्ति भने, ‘के रहेछ बुझौंला ।’जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रवक्ता उत्तम भट्टराईले अर्नाह गाउँपालिकामा पठाइएका न्यौपाने र कर्जना गाउँपालिकामा जानुपर्ने नेपाल कार्यस्थलमा नखटिएको बताए । उनले दुवैजना केही दिन कार्यस्थलमा बसेर काठमाडौं फर्किएको बताए, जबकि जिल्लाका अन्य मतदान केन्द्रमा निर्वाचन अधिकृत खटिसकेका छन् । 
जिल्ला प्रशासन कार्यालयले सबै निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षाकर्मीसमेत खटाइसकेको छ ।रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले निर्वाचन अधिकृतहरू गाउँपालिका जाने क्रममा रहेको बताए । उनले बौधीमाई गाउँपालिकामा खटिएका निर्वाचन अधिकृत चौधरी केही दिन आएर काठमाडौं फर्किएको बताए । त्यस्तै जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका प्रमुख महेश पाण्डेले छत्रदेव गाउँपालिकाको निर्वाचन अधिृकत भएर खटिएका शाही केही दिन जिल्ला बसेर फर्केको बताए । 
उनले भने, ‘उहाँ केही दिनका लागि घर जानुभएको छ ।’ यी पाँचै जनालाई गृह मन्त्रालयले आवश्यकता नभएको विमानस्थल अध्यागमनमा काज सरुवा गरेको थियो ।विमानस्थल अध्यागमन कर्मचारीका निम्ति ‘गतिलो र आकर्षक’ ठाउँ मानिन्छ । गृह मन्त्रालयले केही वर्षअघि विमानस्थल अध्यागमनलाई तीन सिफ्ट चल्ने गरी संरचना बनाएको थियो । जसका निम्ति ६ उपसचिवको परिकल्पना गरिएको थियो । तर अध्यागमन अहिले पनि दुई सिफ्टमै चलिरहेको छ । अध्यागमनकै कर्मचारी दुई सिफ्टका लागि चार उपसचिव पर्याप्त हुने बताउँछन् । भएकै उपसचिव पनि धेरै भएका बेला अन्यत्र खटाइएका उपसचिवको लगाव अचम्मलाग्दो देखिन्छ ।कान्तिपुर
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: