×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा यसकारण समस्यामा रोहन गुरुङ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सघंको निर्वाचन नजिकिँदै गएको छ । निर्वाचनमा लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम र प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका साथै अन्य व्यवसायीहरु सम्मिलित संयुक्त व्यवसायी समूह बनेको छ । 
फोरमबाट संघका हालका अध्यक्ष विमल ढकालले उमेद्ववारी दिएका छन भने संयुक्त व्यवसायी समूहबाट संघका वर्तमान महासचिव रोहन गुरुङले उमेदवारी दिएका छन् । यो निर्वाचनमा ढकालसँग गुरुङ विजयी हुने सम्भावना निकै न्यून रहेको छ । मञ्चले मत पाउने भन्दै विभिन्न संघ संस्थाहरुको सहयोग लिइएको छ । तै पनि गुरुङले जित्ने सम्भावना कम छ । 
उनले आफुले जित्नका लागि मञ्चका व्यवसायीहरुलाई नै बेवास्था गर्दै प्रथम उपाध्यक्ष रामप्रसाद भन्तना (माओवादी समर्थीत व्यवसायी) वैदेशिक रोजगार गणतान्त्रिक मञ्चलाई प्रमथ उपाध्यक्षसहित सचिव र दुई सदस्य दिइएको छ । उनीहरुको संगठनमा २५ जना सदस्य रहेको भनिएको छ । भन्तनाले अन्य व्यवसायीहरुसँग छलफल नगरी निर्वाचनमा तालमेल गरेपछि १५ मत भन्दा बढी आउने सम्भावना नरहेको बुझीएको छ । तामाङ समाजमा पनि मञ्चले तालमेल रहेको छ । 
समाजमा ७० व्यवसायी रहेको बताइएको छ । स्रोतका अनुसार गुरुङको व्यक्तीगत सम्बन्ध र संघमा हुँदा व्यवसायीहरुलाई गरेको असहयोगका कारण २० देखि २५ मतभन्दा बढी नआउने बताइएको छ । 
त्यति मात्र होईन झण्डै ५० मत रहेको मगर समाजले पनि गुरुङलाई मत दिने सम्भावना न्यून बन्दै गएको चर्चा छ । जहाँ ३५ सदस्य रहेका छन् । त्यसमध्ये बढीमा २० मत आउने आंकलन गरिएको छ । यो पनि उनकै व्यक्तिगत कारण नै हो । अर्को झण्डै ५६ सदस्य रहेको वैदेशिक रोजगार तमुःधीले त विज्ञप्ति नै जारी गरेर मत नदिने बताएको छ । 
तमुःधीले केही राजनीति दलले आफ्नो संस्थाको नाम जोडेको भन्दै खण्डन समेत गरेको छ । तसर्थ यहाँबाट बढीमा २० जनाको मात्र मत आउने बताइएको छ । यता झण्डै २२ जना सदस्य रहेको विश्वकर्मा समाजसँग पनि मञ्चले एलाईन्स गरेको छ । निर्वाचनमा पक्कड मत रहेको र निर्णायक मत मानिने सिनामंगल समाजमा सय भन्दा बढी सदस्य रहेका छन् । त्यही क्षेत्रका चर्चीत व्यवसायी सुजित श्रेष्ठ महासचिवमा उठेका कारण गुरुङको मत काटिने र उनले बढीमा ४० मत पाउने आकलन गरिएको छ । अर्को निर्णायक मत भएको ललितपुर वैदेशिक रोजगार समाजमा ८६ मत रहेको छ । 
जहाँबाट गुरुङको व्यक्तिगत स्वभावका कारण बढीमा २० मत आउने अनुमान गरिएको छ । गुरुङको आधार मानिएको वैदेशिक रोजगार एकता समाज (सामाखुसी क्षेत्र) हो जहाँ माओवादी समर्थीत बढी व्यवसायी रहेका छन् । उनीहरु भन्तनासँग रिसाएका कारण गुरुङको समेत मत काटिने आंकलन गरिएको छ । लगभग ६० जना सदस्य रहेको बसुन्धरा क्षेत्रको मत भने गुरुङको टपजब्स सोही क्षेत्रमा भएका कारण उनको जित्ने आधार त्यही मात्र रहेको छ । अहिलेको निर्वाचनमा नयाँ एक सय ४० भन्दा बढी व्यवसायी थपिएका छन् । गुरुङ नयाँ व्यवसायीलाई म्यानपावर खोल्न दिन हुँदैन भनेर अवरोध गरेका कारण नयाँ व्यवसायीको मत पुर्ण रुपमा ढकाललाई जाने आंकलन गरिएको छ । तसर्थ गुरुङको सम्भावना क्षण बन्दै गएको छ । जनप्रहार साप्ताहिकमा खबर छ । जनप्रहार साप्ताहिकमा खबर छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: