×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

टिप्पणी : जनता ठगीरहेको कम्पनी ‘बजाज’ को प्रायोजन लिँदा न्याय प्रेमी जनताले नेपाल आर्मीलाई कसरी हेर्ने ?

  • समाचार टिप्पणी 
काठमाडौँ – लामो समयदेखि कालोबजारी ऐन विपरित मोटरसाइकलमा अत्याधिक नाफा राखेर देशको नियम मिच्दै नाफा कमाउने गरेको कम्पनी बजाजसँग नेपाल आर्मी क्लबले सहकार्यको हात बढाएको छ । विभागीय टोली त्रिभुवन आर्मी क्लबको महिला र पुरुष फुटबल टोलीलाई ‘बजाज पल्सर’ मोटरसाइकलले प्रयोजन हो। मंगलबार एक कार्यक्रमका बीच यस्तो सम्झौता भएको छ ।
आर्मी क्लब र बजाजले तीन वर्षको लागि बार्षिक २५ लाख गरी ५७ लाखको प्रायोजन सम्झौता गरेको बताइएको छ । प्रायोजन सम्झौतापत्रमा नेपालमा बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हुलासचन्द प्रालिका उपप्रमुख योगेन्द्र गुरुङ र सैनिक तथा तालिम केन्द्रका उपरथी देव कुमार सुवेदीले हस्ताक्षर गरेका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै हंसराज हुलासचन्द बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छाले प्रायोजनलाई व्यवसायिक रुपमा नहेरेको बताउँदै देशलाई एकढिक्का बनाउने खेलकुदलाई प्रयोजन गर्न पाउनु खुशीको कुरा भएको बताएका छन् । कानुनविपरित नाफा लिएर जनता लुटेको आरोप लागिरहेको कम्पनीलाई नेपाल आर्मीसँग जोडिनु राम्रै कुरा हो । तर केहि सामाग्री लिने बहानामा नेपाल आर्मीले केहि कुरै नबुझी यसरी प्रायोजनको सहकार्य गर्नु भने गलत भएको सरोकारवालाहरुको भनाइ छ । नेपाल आर्मीले चाहेको खण्डमा राम्रै कम्पनीबाट पनि त्यति प्रायोजन पाउने भएपनि नेपाल आर्मीले बजाजसँग सहकार्य गरेर गल्ती गरेको टिप्पणी गर्नेहरुपनि छन् । 
यता जनता ठगीरहेको कम्पनी बजाजको प्रयोजन लिंदा न्यायप्रेमी जनताले नेपाल आर्मीलाई कसरी हेर्ने भन्ने टिप्पणी समेत हुन थालेको छ ।

बजाज ब्राण्डका मोटरसाइकल बेच्दा पनि यसरि लुटीन्छन् जनता !

बजाज ब्रान्डका मोटरसाईकल बेच्ने गोल्छा ग्रुपको कम्पनी हंसराज हुलासचन्द गोल्छा एंड कम्पनी प्रालिले कालोबजारी गरेर जनता लुटीरहेको छ । कालोबजारी ऐन अनुसार कुनै पनि सामान बेच्दा २०% भन्दा बढी नाफा राख्न नपाउने भन्ने स्पष्ट नियम भएपनि गोल्छा कम्पनीले एउटै मोटरसाइकलबाट ७६ हजार नाफा लिने गरेको छ । कम्पनीले ३ लाख २३ हजार ६५५ मा भन्सारसहित ल्याइएको बाइकलाई ४ लाखमा बेचिरहेको छ । जुन सरासर गैरकानुनी हो ।
गोल्छा ग्रुपले यतिसम्म लुट मच्चाईरहेको छ कि डिस्कभर १२५ ड्रम बाइकमा कम्पनीले ४१ प्रतिसत नाफा कुम्ल्याईरहेको छ । कम्पनीले १ लाख २२ हजार पाँच सय १० मा सबै कर र राजस्वसमत तिरेर ल्याएको बाइक एक लाख ७२ हजा ९ सयमा बेच्ने गरेको छ । जुन तथ्य पनि सरासर कालोबजारी हो । २०% भन्दा बढी नाफा खान नपाइने भएपनि कम्पनीले पल्सर २०० आरएस बाइकमा २३ प्रतिसत नाफा खाएर नेपालीहरुलाई ठगी गरिरहेको छ । त्यतिमात्र कहाँ हो र ? कम्पनीले बिक्रि गर्ने अधिकांस समानमा जनता ठगिने गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: