×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बालुवाटारका भान्सामा बिराला जत्रा मुसा !

काठमाडौं । बालुवाटार भन्नासाथ प्रधानमन्त्रीनिवास भनेर बुझ्नेहरू धेरै छन् । तर, बालुवाटारमा प्रधानन्यायाधीशको पनि सरकारी निवास रहेको छ । सोही सरकारी निवासमा रहेको वैठक कोठाजत्रो भान्सामा विरालाभन्दा ठूला मुसा दौडिने सायदै कमलाई थाहा होला ।
प्रधानन्यायाधीशको भान्सामा के–के पाक्ला त्यो चाहीँ अहिलेका प्रधानन्यायाधीश गोपाल पराजुलीले चाखिरहेका होलान् तर त्यहाँको भान्साको अवस्थाका बारेमा भने निवर्तमान प्रधानन्यायाधीश सुशिला कार्कीले खुलेर बताएकी छिन् । 
एउटा जनतासँगको साक्षात्कारमा उनले वैठकजत्रो भान्सामा विराला जत्रा मुसा दौडिएको खुलासा गरेकी हुन् । उनले भनिन्,‘त्यहाँ साना मुसा छैनन्, विराला जत्रा छन् । तराईतिर त यत्रा मुसा कहिले पनि देखिएको थिएन ।’
प्रधानन्यायाधीशको सरकारी निवासको विजोग त्यतिमात्र होइन । त्यहाँको घर पुरानो छ । बस्न पनि निक्कै सकस हुनेखालको घरका ढोकाहरू भत्किएका छन् । उनले बसुन्जेल त्यहाँ कुनै मर्मत भएको थिएन । बरू, इटाहरू राखेर ढोका अड्याउन पर्ने थियो । ‘इटा राखेर ढोका अड्याएर बस्नुपथ्र्यो । पुरानो घरमा झ्याल ढोका नै सग्ला र राम्रा थिएनन् ।’, उनले थपिन्,‘केही गरौं न त भन्दा पनि गर्नसक्ने अवस्था थिएन ।’
बालुवाटारमा बसेको भन्ने भान समेत नहुने बताएकी कार्कीले त्यहाँ सफा सुग्घर नरहेको बताइन् । एकपटक त हावाहुरीले ढोका यत्रो बजायो सेना प्रहरीले इटा राख्नु परेको थियो । मज्जाको प्रसङ्ग त के छ भने त्यहाँका ढोका मुसाले पनि खोल्ने गर्दथे । ठूला मुसाले चुच्चो मुखले ढोका खोलेको कार्की आफैंले नै देखेकी थिइन् । जनप्रहार साप्ताहिकमा खबर छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: