भरतपुर अपडेट : ९० मत बदर गरिने, पुन :मतगणनानै गराउने आयोगको तयारी ! अव के गर्लान् कांग्रेस-माओवादी ?
Powered by Blogger.
भरतपुर अपडेट : ९० मत बदर गरिने, पुन :मतगणनानै गराउने आयोगको तयारी ! अव के गर्लान् कांग्रेस-माओवादी ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - चितवनमा पुन: मतदान नहुने भएको छ । भरतपुर महानगरपालिकामा फेरि मतदान नगराउने र मतगणना सुरु गर्ने तयारी आयोगले गरेको हो । हिजो साँझ निर्वाचन आयोगमा बसेको आयुक्तहरुको बैठक निश्कर्षबिहीन भएपछि आज पुन: बैठक बसेको थियो ।

९० मतलाई खारेज गरेर मत गणना सुचारु गर्ने तयारी भएको छ । जेठ १४ गते भरतपुर महानगरपालिकामा मतगणना चल्दै गर्दा माओवादी केन्द्रका कार्यकर्ताहरुले मत पत्र च्यातेका थिए । माओवादीकी मेयर उम्मेदवार रेणु दाहाल पछि पर्दै गएपछि उनीहरुले मध्य रातमा मतपपत्र च्यातेका थिए । 

च्यातिएका ९० मत बदर हुने छन् । अब मतगणना गर्दा दलका प्रतिनिधिलाई मत पत्र छुन नदिने तयारी आयोगले गरेको छ । अहिले निर्वाचन गरेका फेरि पनि मत पत्र च्यात्ने लगायतका घटना दोहोरिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै आयोगले मत गणनालाई कायमै राख्ने निर्णय गर्न थालेको हो ।


Published Date : Friday, June 2, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...