×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भरतपुर अपडेट : मतगणनाबारेको निर्णय आज हुदै

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – चितवनको भरतपुर महानगरपालिकाको मतगणनाबारे शनिबार निर्णय हुने भएको छ । काठमाडौं बाहिर रहेकी आयुक्त इला शर्मा आएपछि बस्ने पाँचैजना आयुक्तको बैठकले मतगणनाबारे निर्णय गर्ने एक आयुक्तले उज्यालोलाई जानकारी दिए । शुक्रबार नै निर्णय गर्ने भनिएपनि आयुक्त शर्मा नभएकाले निर्णय हुन नसकेको उनले बताए । लामो समयसम्म निर्णय नहुँदा अनेको प्रश्न र आशंका भइरहेकाले पनि शनिबारको बैठकले यसबारेमा निर्णय गर्ने नाम उल्लेख गर्न नचाहने ती आयुक्तको भनाई छ ।
मतपत्र च्यातिएपछि मतगणना रोकिएको भरतपुरको वडा नम्बर ९ मा पुन मतदान गर्नुपर्ने काँग्रेस र माओवादी केन्द्रको माग छ भने एमालेले मतगणना गर्नुपर्ने माग गरेको छ । यसबारेमा छानविन गर्न आयोगले गठन गरेको समितिले स्थलगत अध्ययन गरिसकेको छ । छानविनका क्रममा ९० वटा मतपत्रमा क्षति पुगेको आयोगले जनाएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: