जनप्रतिनिधिलाई एकपछि अर्को अंकुश : जनप्रतिनिधिले कर्मचारी भर्ना गर्न नपाउने
Powered by Blogger.
जनप्रतिनिधिलाई एकपछि अर्को अंकुश : जनप्रतिनिधिले कर्मचारी भर्ना गर्न नपाउने

काठमाडौं – संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचित जनप्रतिनिधिलाई कर्मचारी भर्ना गर्न अंकुश लगाउने भएको छ ।

एकपछि अर्को आदेश र निर्देशिका जारी गर्दै निर्वाचित जनप्रतिनिधिलाई अंकुश लगाउने क्रममा सरकारले केन्द्र सरकारअन्तर्गतका कर्मचारी समायोजन नभएसम्म स्थानीय तहमा जनप्रतिनिधिले कर्मचारी नियुक्ति गर्न नपाउने गरी व्यवस्था गर्न लागिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सरकार मातहत रहेका कर्मचारी समायोजन नहुँदासम्म स्थानीय तहमा नयाँ कर्मचारी भर्ना गर्न नमिल्ने व्यवस्था गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।


Published Date : Saturday, June 3, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...